नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदै

  • प्रकाशित मिति : August 29, 2022
  • पहिलो किरण

भदौं १३,काठमाडाैं । नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृङ्खला जित्नेछ ।

पाँच खेलको टी–२० शृङ्खलामा नेपाल २–१ ले अघि छ । हिजो भएको तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसअघि भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीचको पाँचौँ तथा अन्तिम टी–२० भाेलि हुनेछ । टी–२० शृङ्खला पछि नेपालले घरेलु टोलीसँग एक दिवसीय खेल्नेछ । पहिलो एक दिवसीय खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुनेछ ।