यू–१९ राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिम छनोट प्रतियोगिता डडेल्धुराको परशुराममा

  • प्रकाशित मिति : June 2, 2024
  • पहिलो किरण

डडेल्धुरा । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनोट सुरु भएको छ । एकदिवसीय फर्म्याटमा खेलाइने प्रतियोगिता डडेल्धुराको परशुराम नगरपालिकामा आजदेखि भइरहेको हो ।

प्रतियोगितामा नेपाल क्रिकेट संघ क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।



समूह ए मा डडेल्धुरा, डोटी, दार्चुला र बैतडी तथा समूह बी मा कञ्चनपुर, बझाङ, अछाम र कैलाली छन् । उद्घाटन खेलमा डडेल्धुरा र दार्चुला भिड्नेछन् ।

प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।