डडेल्धुरा । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेकी छन । नेपाली काँग्रेस डडेल्धुराबाट सामानुपातिक सदस्य रहेकी डा. आरजु नेपाल सरकारको परराष्ट्रमन्त्री बनेकी हुन । काँग्रेस र एमाले गठबन्धन सरकारमा उनले परराष्ट्रमन्त्रीको पदबहाली गरेकी छन् ।
सोमबार नियुक्त भएकी आरजु शपथ ग्रहणपछि पदभार ग्रहणका लागि मन्त्रालय पुगेकी छन । आरजु पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् ।
उनलाई मन्त्रालयमा पुग्दा सचिव सेवा लम्सालसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।