छैटौं डडेल्धुरा महोत्सव खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी भिमदत्त क्याम्पसलाई

  • प्रकाशित मिति : March 16, 2024
  • पहिलो किरण

डडेल्धुरा । छैटौं डडेल्धुरा महोत्सव खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी डडेल्धुराकै भिमदत्त बहुमुखी क्याम्पसले हात पारेको छ । शनिबार भएको अन्तिम प्रतियोगितामा एमबी ईन्सच्युटलाई हराउदै भिमदत्त क्याम्सले उपाधी हात पारेको हो । डडेल्धुरा उद्योग बाणिज्य संघको आयोजनामा अमरगढी नगरपालिका ४ स्थित टुुडीखेलमा महोत्सवको आयोजना गरिएको छ । महोत्सव भित्रै भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

उपाधी संगै भिमदत्त क्याम्पसले नगद ५५ हजार रुपियाँ, ट्रफी र प्रमाण पत्र हात पार्न सफल भयो । दोस्रो भएको एमबी ईन्सच्युटले ३५ हजार नगद र ट्रफी हात पारेको छ । प्रतियोगितामा तेस्रो भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टीमले २५ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । पुरस्कार महोत्सवको अन्तिम दिन आईतबार प्रदान गरिने डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष द्धिजराज भट्टले जानकारी दिए ।



प्रतियोगिताका मुख्य रेफ्रि राजेन्द्र ठगुन्नाका अनुसार जिल्ला प्रहरी कार्यालय लाई पखा लगाउदै भिमदत्त क्याम्पसले फाईनको यात्रा तय गरेको थियो । यसैगरी एमबी स्टिल उद्योगलाई पखा लगाउदै एमबी ईन्सच्युटले पनि फाईनलको यात्रा तय गरेको थियो । फाईनल प्रतियोगितामा पहिलो सेट एमबी एजुकेशन ईन्सच्युटले जित निकाले पनि त्यसपछिका तीन वटै सेटमा भिमदत्त क्याम्पसका खेलाडीहरुले जित निकाल्दै उपाधाी हात पारेको हो ।

प्रतियोगिताको पहिलो सेटमा एमबी ईन्सच्युटले भिमदत्त क्याम्पसलाई २५–१६ अंकले हराएको थियो । त्यसपछिका तीन वटै सेटमा भने भिमदत्त क्याम्पसले एमबी ईन्सच्युटलाई २५–२१, २५–१७ र २५–२४ अंकले हराउदै उपाधी जितेको रेफ्री ठगुन्नाले बताए । सेमी फाईल देखी प्रतियोगिताहरु बेष्ट अफ फाईभका आधारमा खेलाईएको उनले बताए ।

प्रतियोगितामा तृतिय स्थानका लागी शनिबार बिहान भएको प्रतियोगितामा जिल्ला प्रहरी कार्यालयले एम स्टिल उद्योगलाई २५–१२, २५–२० र २५–२४ अंकले हराएको थियो । प्रतियोगितामा डडेल्धुराका १३ वटा टीमहरुको सहभागिता रहेको आयोजना डडेल्धुरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिपक महताले जानकारी दिए ।