द्वीजगंगा मेमोरियल टी–२० प्रतियोगिताको उपाधी परशुराम नगरपालिकालाई

  • प्रकाशित मिति : May 22, 2024
  • पहिलो किरण

डडेल्धुरा । जिल्ला सदरमुकामको डोटी घटाद स्थित रामलिला मैदानमा संचालित द्वीजगंगा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिताको उपाधी परशुराम नगरपालिकाको टीमले चुमेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा झिल्को न्युज डटकमको टीमलाई ५ रनको अन्तरले हराउँदै परशुराम नगरपालिकाको टीमले उपाधी चुमेको हो ।

दोस्रो सस्करणको द्वीजगंगा मेमोरियल टी–२० प्रतियोगिता गत जेठ २ गतेदेखी सुरु भएको थियो । फाइनल खेलमा टस जितेर परशुराम नगरपालिकाको टीमले ब्याटिङ्ग गर्दै १३४ रन बनाएको थियो । प्रतिउत्तरमा मैदानमा उत्रिएको झिल्को न्युज डटकमको टीमले १३० रन मात्र बनाउन सक्यो । जस कारण झिल्को न्यूज उपविजेतामा सिमित बन्यो ।



उापाधी चुम्न सफल परशुराम नगरपालिकाको टीमले नगद ७५ हजार प्रमाणपत्र र ट्रफी हात पारेको छ भने उपबिजेता भल्किो न्युज डटकम टिमले नगद ५० हजार प्रमाणपत्र र ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगितामा बेस्ट बलर परशुराम नगरपालिका टीमका आयुश साउँद, बेस्ट ब्याट्स म्यान परशुराम नगरपलिका टीमकै आयुष्मान शाही भए । झिल्को न्युज डटकम टीमका कृष्ण भट्ट म्यान अफ दि सिरिज भएका छन ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेब जोशी, डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरि उप्रेती लगायतका अतिथीहरुले विजेता र उपविजेता टीमलाई पुरस्कार प्रदान गरेका थिए।

डडेल्धुरा जिल्ला भरिका १२ वटा टीमले प्रतिष्प्रर्धा गरेको प्रतियोगिताका विजयी खेलाडीहबाटै १९ वर्षमुनिको प्रदेशस्तरीय प्रतियोगिताको लागि जिल्लाको टिम पनि छनोट गरिने डडेल्धुरा जिल्ला क्रिकेट संघका सचिव निरज रावलले बताए । प्रतियोगिताको पहिलो संस्करणको उपाधि पनि परशुराम नगरपालिका टीमले जितेको थियो ।