डडेल्धुरा । नवदुर्गा गाउँपालिका ४ का गाउँहरुमा बिजुली बलेको छ । सोलार र टुकीको भरमा उज्यालो बनाउन बाध्य यहाँका चार गाउँका स्थानीय बिजुली बले पछि हर्षित भएका छन । वडा नं. ४ को ईस्लेग, काकाडपानी, खटौटे, चलकट्टे लगायतका गाउँमा बिजुली पुगाउन सकिएको गाउँपालिका अध्यक्ष लक्ष्मि अवस्थीले जानकारी दिए । बिजुली पुगेसंगै सयौ घरधुरी लाभान्वित भएको उनको भनाई छ ।
उनका अनुसार वडा नं. ४ को सिरोड गाउँमा गत वर्ष पुस महिनामा बिजुली बलेको थियो । तत्काललिन बेलापुर गाउँविकास समितिको मुकाम खुनीमा २०६० सालमै बिजुली बलेको थियो । तर खुनी आसपासका गाउँ सिरोड, कटाल, काकाडपानी, खटौटे, चलकट्टे, ईसलेक लगायतका गाउँमा भने बिजुली बल्न दुई दशक लागेको छ ।
आर्थिक वर्ष २०७८/२०७९ मा करिब ५० लाख रकम बराकरको ठेक्का भए पछि हाल आएर गाउँमा बिजुली बलेको हो । वडा नं. ४ संगै ५ मा पनि बिद्युत विस्तारको काम अघि बढेको उनले बताए । गत वर्ष नै बिजुली बलिसक्नु पर्ने भए पनि ठेकेदारको लापर्वाहीका कारण ढिलो भएको उनले बताए । ग्रामिण कच्चि सडक पुगेका गाउँमा ढुवानीको समस्या भयो, उनले भने, बिजुलीका तार, पोल लगायतका सामाग्री पुगाउन गाउँपालिको डोजर प्रयोग गरि सडक खन्यौ । ठेकेदारको काममा सघाउन गाउँपालिकाले लाखौ रकम खर्च गरेको छ ।
२०७८ अन्त्यमै बिद्युत विस्तारको काम सक्ने गरि दुई वटा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीले भने, पोल गाडेर ठेकेदार वेपत्ता भएका थिए । बारम्बारको ताकेता पछि गत वर्ष देखि काम सुरु भएको थियो ।
उनका अनुसार आरआर कन्ट्रक्सन र सकुन ईञ्जिनियरिङ्ग निर्माण सेवासंग अमरगढी नगरपालिका, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा बिद्युत विस्तरका लागी करिब ५० रुपियाँ रकमको ठेक्का सम्भौता भएको थियो । तर निर्माण कम्पनीहरु काम अधुरै छोडेर वेपत्ता भएका थिए ।
२०७९ मा बिद्युत विस्तार गर्न ३५ लाख रकम बराबरको भिन्ना भिन्नै तीन स्थान तोकिएर पुनः टेण्डर भएको थियो । यस्तै नवदुर्गा, अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिका, परशुराम नगरपालिकामा पनि निर्माण व्यवसायी संगको ठेक्का सम्झौता मार्फत बिद्युत विस्तारको काम भईरहेको छ । तर समयै काम भने कुनै पनि ठाँउमा नभएको उनले बताए । ठेकेदारले समयमै काम सम्पन्न नगर्ने समस्या रहेको उनको भनाई छ ।
हाल डडेल्धुराको ७५ प्रतिशत घरधुरीमा बिद्युतको पहुच पुगेको छ । बाँकी २५ प्रतिशत घरधुरीमा बिद्युतको पहुच पुगाउने काम भईरहेको र ठेकेदारले समयमै काम सम्पन्न गरे चालु आर्थिक वर्ष भित्रै सतप्रतिशत घरधुरीमा बिद्युतको पहुच पुग्ने कार्यालय प्रमुख अवस्थीको भनाई छ ।