सुनकाे भाउ ताेलामा ६ सय रुपैयाँले घट्याे

  • प्रकाशित मिति : August 29, 2022
  • पहिलो किरण

भदौं १३,काठमाडाैं । सुन चाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ ।

यो हिजोको भाउ भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ ।



हिजो तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।