आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

  • प्रकाशित मिति : May 28, 2024
  • पहिलो किरण

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । सङ्घीय संसदको बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै सो बजेट प्रस्तुत गरे ।

व्ययमध्ये सबैभन्दा बढी चालुतर्फ छुट्याइएको छ । चालूतर्फ कुल विनियोजन बजेटको ६१।३१ प्रतिशत अर्थात् ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ ।



पुँजीगततर्फ कुल विनियोजन रकमको १८।९७ प्रतिशत अर्थात् तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।

वित्तीयतर्फ कुल विनियोजन बजेटको १९।७४ प्रतिशत अर्थात् तीन खर्ब ६७ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ । यो अनुमान चालू आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ६।२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१।५६ प्रतिशतले बढी हो ।

बजेटको पूर्णपाठ

https://drive.google.com/file/d/1c_fYu3zSeM7sxz6C8DdOBWT1w9B3PWVo/view?pli=1