काठमाडौंको सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनाका मजदुरको करेन्ट लागेर मृत्यु

  • प्रकाशित मिति : June 15, 2022
  • पहिलो किरण

असार १,काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।  मंगलबार दिउँसो आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर सनमको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृत्यु हुनेमा सुन्दरीजल घर भएका २६ वर्षीय सनम तामाङ हुन् ।

करेन्ट लागेर गम्भिर घाइते भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लैजाँदै गर्दा उहाँको मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।