डडेल्धुराकी २१ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार

  • प्रकाशित मिति : September 17, 2022
  • पहिलो किरण

असोज १ काठमाडौं । डडेल्धुराकी २१ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ३ की २१ वर्षीया राधा ऐरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

सुत्केरी व्याथा लागेकी महिलालाई हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। उनका अनुसार जोगबुढा अस्पतालले अन्यत्र रेफर गरेपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पुगाइएको हो। ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकोप्टरमार्फत ऐरलाई सुर्खेत पुगाइएको छ,’ सिडियो जोशीले भने।



ऐरको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी जोशीले प्रदेश र संघीय सरकारलाई आग्रह गरेका थिए। उनको उद्धारका लागि सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले पनि सहजीकरण गरेका थिए।