पश्चिम सेतिको काम चाडै सुरु हुन्छ : मन्त्री बोहरा

  • प्रकाशित मिति : August 20, 2022
  • पहिलो किरण

भाद्र ४, काठमाडौं । ४ कम्पनीसंग तिस बर्ष पहिले सम्झौता भइ काम सुरुहुन नसकेको सेति जलबिद्युत आयोजनाको काम चाडै सुरु हुने बताउनु भएको छ ।

आज डडेल्धुरा उद्योग वाणिज्य संघको ३४औं साधारणसभा एवं नयाँ कार्य समिति चयनका लागि अधिवेशनको उद्धाटन सत्रमा बोल्दै मन्त्री गोबिन्दिराज बोहराले भारत सरकार संग जि टु जि सम्झौता भैसकेको र अब चाडै पश्चिम सेतिको काम सुरु हुने बताउनु भएको हो ।



‘अहिले विश्वमा संकट आएको छ। राज्यले आफ्नो नीति परिवर्तन गर्नुपर्ने स्थिती आउन सक्छ।’ पछिल्ला तीन वर्षमा कोभिडका कारणले अलमलमा परेको बताउनु भयाे । मन्त्री बाेहराले भन्नु भयाे ‘कोभिडका कारण विश्व नै अलमलमा प¥यो,’ ‘आर्थिक संकट उत्पन्न भयो। हाम्रो जीवमा यो ठूलो संकट हो। ईतिहांसमा पनि यस्तो भएको सुनिएको थिएन। यस्तो परिस्थिती फेरी सुन्न नपरोस।’

७५० मेघावाछको पश्चिम सेति जलबिद्युत आयोजनाको प्रमुख बजार भारत र दोस्रो बजार बङ्गलादेश रहेको बताउदै मन्त्री बोहराले अहिले भारत र बङ्गलादेश बिद्युत किन्न सहमत भएकाले बताउनु भयो ।

अहिले सुदुरपश्चिम सरकार आफ्ना कार्यमा तिब्र गतिमा अगाडि बढिसकेको र आगामि दश बर्षमा नेपालकै धनि प्रदेश बन्नेमा ढुक्क रहन आग्रह समेत गर्नु भएको हो ।
अर्काे प्रसंगमा बोल्दै मन्त्री बोहराले खप्तडको बिकाश र प्रवर्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनु भएको हो ।