राष्ट्रिय भुमिआयोग र नवदुर्गा गाउपालिका बीच नापि सम्बन्धि कार्यकालागि सम्झौता

  • प्रकाशित मिति : August 16, 2022
  • पहिलो किरण

साउन ३१, काठमाडौं । राष्ट्रिय भुमिआयोग काठमाडौंमा नवदुर्गा गाउपालिकाका भुमिहिन अब्यबस्थित बसाेबास र छुट नापि सम्बन्धि कार्यकालागि सम्झौता गरिएको छ ।

आज नवदुर्गा गाउँपालिका प्रमुख लक्ष्मी प्रशाद अवस्थीले राष्ट्रिय भुमिआयोग काठमाडौंमा पुगेर सम्झौता गर्नु भएको हो । नवदुर्गा गाउँपालिका भित्र रहएका भूमिहिनहरु लाई जग्गा प्राप्तिका लागि सम्झौता गर्नु भएको हो ।
राष्ट्रिय भुमिआयोग काठमाडौंमा सम्झौता पश्चात पहिलो किरण सङग कुरा गर्दै अध्यक्ष अवस्थीले अब छैट्टै अब्यबस्थित बसाेबास र छुट नापि सम्बन्धिका नागरिकले आफ्नो गज्जाको लालपुर्जा पाउने बताउनु भयो ।