वि.पि. स्मृति दिवसको अवसरमा एसपिए क्याम्पसमा नेबि संघले गर्‍यो बृहत रक्तदान कार्यक्रम

  • प्रकाशित मिति : July 22, 2022
  • पहिलो किरण

काठमाडौं :धनगढीको एसपिए क्याम्पसमा वि.पि. स्मृति दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता वि.पी कोइरालाको ४० औं स्मृति दिवशको अवसरमा बृहत रक्तदान कार्यक्रम गरिएको हो।नेपालको लोकतान्त्रिक आन्दोलनमा बि.पि कोइरालाले पुर्‍याएको योगदानलाई स्मरण गर्दै नेपाल विद्यार्थी संघ सुदुरपश्चिमाञ्चल क्याम्पस इकाई कमिटी द्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। SPA क्याम्पसमा सम्पन्न भएको कार्यक्रममा ५० जना विद्यार्थीहरुले रक्तदान गरेका थिए। धनगढीमा निरन्तर भईरहने रगतको अभावलाई पूर्ति गर्नका निमित्त रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल विद्यार्थी संघ सुदुरपश्चिमाञ्चल क्याम्पस एकाई कमिटीका सभापति हितेश चन्दले जानकारी दिएका छन् ।