जोगबुडा अस्पतालले सुरु गर्‍यो नयाँ भवनबाट उपचार सेवा

  • प्रकाशित मिति : February 1, 2025
  • पहिलो किरण

डडेल्धुरा । भित्रिमधेशको जोगबुडा क्षेत्र परशुराम नगरपालिका १२ मा रहेको जोगबुडा अस्पतालले आफ्नो नयाँ भवनबाट उपचार सेवा सुरु गरेको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्षसमेत रहेका परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले अस्पतालको नयाँ भवनको शुक्रवार विधिवत रुपमा उद्घाटन गरि सेवा सुचारू गरे ।

धार्मिक विधिवत रुपमा अस्पताल भवनको उद्घाटन गरेपछि अस्पतालको सेवा नयाँ भवनबाट सुचारु गरिएको उनले बताए । अब चाँडै अस्पतालमा थप उपकरण सेवासहित व्यवस्थापकिय पक्ष सुधारका लागि पहल गरिने मेयर जोशीले बताए । अस्पतालको स्तरोन्नतीको लागि संघ र प्रदेश सरकार समक्ष पटक-पटक पहल गरिरहेको उनले जानकारी दिए