कञ्चनपुर–कञ्चनपुरमा नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका– १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।
प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धानको काम गरिरहेको छ । घटना कसरी भयो भन्ने कुरा केही थाहा नभएको प्रहरीले जनाएको छ । उनको हत्या भएको आशंका गरिएकाले प्रहरीले उक्त कोणबाट पनि अनुसन्धान थालेको छ ।
प्रहरीले अहिले घटनास्थललाई सिल गरिएको र चिकित्सकसहित टोली मगाइएको जनाएको छ। अहिलेसम्म मृत्युको कारण खुलेको छैन भने घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुुर पठाइएको छ।
कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। अहिलेसम्म प्रहरीले शवलाई छोएको छैन।