निशुल्क स्वास्थ्य शिबिरमा ६ सय जनाको स्वास्थ्य परिक्षण

  • प्रकाशित मिति : January 29, 2025
  • पहिलो किरण

डडेल्धुरा । डडेल्धुरा परशुराम नगरपालीकामा संचालन गरेको निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिरमा ६ सय ८५ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । परशुराम नगरपालीका र गेटा आँखा अस्पतलाको संयुक्त आयोजनामा जोगुबढा अस्पतालमा दुई दिन सम्म संचालन भएको निशुल्क स्वास्थ्य शिबिरमा स्त्रीरोग,छाला रोग,मानसिक र आँखा रोगका बिरामीको स्वास्थ्य परिक्षण गरिएको हो ।

शिबिरमा छाला रोगका २ सय ११,आँखा सम्बन्धी रोगका ८०जना,स्त्रीरोग १ सय ६७ जना,मानसिक रोगका ६२ जना सहित १ सय ६५ जनाको स्वास्थ्य परिक्षण गरिएको परशुराम नगरपालीका स्वास्थ्य शाखा प्रमुख हिक्मत बहादुर धामीले जानकारी दिनु भयो ।
दुर्गम क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजताका लागि गाउमै विशेषज्ञ सहितको सेवा दिने उदेश्य सहित शिबिर आयोजना गरिएको परशुराम नगरपालीका प्रमुख भरत बडायर जोशीले बताए ।
स्वास्थ्य परिक्षणका साथै निशुल्क स्वास्थ्य शिबिरमा औषधी समेत निशुल्क बितरण गरिएको थियो । जिल्लाकै आधा जनसंख्यामा रहेको भित्रि मधेश क्षेत्रमा बिशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य सेवा पाउँदा आफुहरुलाई स्वास्थ्य परिक्षण गर्न सहज भएको शिबिरमा सेवा लिएकाहरुेले बताएका छन् । दुर्गम स्थानमा बसेर गरिबीका कारण सुबिधा सम्पन्न अस्पतालमा गई उपचार गर्न नसकि रोग पालेर बसिरहेकाहरुका लागि स्वास्थ्य शिबिरले फाईदा पुगे छ ।