कुशल भुर्तेलले अर्जुन ट्रफी प्रतियोगिता डडेलधुराको क्लबबाट खेल्ने
प्रकाशित मिति : January 25, 2025
पहिलो किरण
धनगढीः नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता डडेलधुराको क्लबबाट खेल्ने भएका छन्।
क्रिकेटको सहर धनगढीमा यही माघ १९ देखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा भुर्तेलले डडेलधुराको फेन्ड्स क्लबबाट खेल्न लागेका हुन। उद्घाटन खेलमा डडेलधुराको फेन्ड्स क्लबले आफ्ना प्रमुख खेलाडीको रूपमा कुशललाई मैदान उतार्दै डिसिए धनगढीविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्ने जनाइएको छ।