डडेल्धुरामा श्रमजीवी पत्रकार संघ नेपाल गठन

  • प्रकाशित मिति : January 11, 2025
  • पहिलो किरण

डडेल्धुरा । डडेल्धुरामा श्रमजीवी पत्रकार संघ नेपाल गठन भएको छ । मदनराज भट्टको अध्यक्षतामा ११ सदस्यीय श्रमजीवी प्रत्रकार संघ नेपाल डडेल्धुरा शखा गठन भएको हो । जस्मा उपाध्यक्षमा लक्ष्मण पाण्डेय,महिला उपाध्यक्षमा शान्ति भट्ट,सचिवमा प्रकाश भाट,कोषाध्यक्षमा मिना साउँद,सह सचिवमा दिपक भट्टराई रहेका छन् ।

यसैगरी सदस्यमा पदम भाट(गाउँले),धिरज भट्ट,मोहन ऐरी,अन्जु जोशी,मुकेश भट्ट रहेका छन् । स्वतन्त्र पत्रकार संघ नेपाल कुनै राजनिति संग नजोडिएको समेत अध्यक्ष मदन राज भट्टले बताए ।