भिरबाट लडेर १ जनाको मृत्यु

  • प्रकाशित मिति : December 7, 2024
  • पहिलो किरण

डडेल्धुरा . डडेल्धुरामा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ। जिल्लाको आलितात गाउँपालिका वडा नम्बर ३ मा लडेर एक जनाको मृत्यु भएको हो।
आलीताल गाउँपालिका–३ सुदुम स्थित चौरभिरबाट लडेर ४६ वर्षीय हर्कबहादुर मडैको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उनी तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।