काठमाडौँ- नेपाल पत्रकार महासंघको केन्द्रिय निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । ५२ सदस्य केन्द्रिय समितिका लागि मनोनयन भएको हो । सभापति पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, र देवीप्रसाद सापकोटा गरी चार जनाको उम्मेद्वारी परेको छ ।
नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपाल संयुक्त प्यानल बनाएर महासंघको महाधिवेशनमा उम्मेदवारी दिएका छन् । मंसीर २८ गतेका लागि तोकिएको निर्वाचनका लागि महासंघको केन्द्रिय कार्यालयमा मनोनयन दर्ता गरिएको हो ।