भारतको इन्डिगो खराब सूचीमा

  • प्रकाशित मिति : December 4, 2024
  • पहिलो किरण

काठमाण्डौ । एयरहेल्प इंकले विश्वका सबैभन्दा खराब १० र उत्कृष्ट १० एयरलाइन्सको सूची सार्वजनिक गरेको छ।

मंगलबार सार्वजनिक गरिएको खराब १० एयरलाइन्सको सूचीमा भारतको इन्डिगो एयरलाइन्स पनि परेको छ।

एयरहेल्प इंकले सार्वजनिक गरेको प्रतिवेदन जनवरी २०२४ देखि अक्टोबरसम्मको तथ्यांकमा आधारित छ।

विश्वका वायुसेवा कम्पनीहरूमा गरिएको यो अध्ययन एयरलाइन्सले सेवाग्राहीलाई दिने सेवा तथा खाना लगायत सुविधामा आधारित छ। ग्राहकको गुनासो, उनीहरूको सामग्री सुरक्षा लगायत विषय पनि समेटिएको छ।

वायुसेवा कम्पनीको उडान तथा अवतरण समयतालिका अनुसार छ छैन सोका आधारमा समेत र्‍याङ्किङ गरिएको छ।

विश्वको खराब एयरलाइन्सको सूचीमा ट्युनिसएयर सबैभन्दा खराब अर्थात् १०९औं स्थानमा छ।

त्यस्तै बज १०८ औं स्थानमा छ। भारतको इन्डिगो एयरलाइन्स १०३ औं सूचीमा छ। यस सूचीमा बज, बुल्गारिया एयर, पेगासस, एयर मरिसस् जस्ता धेरै एयरलाइन्सका नामहरू समावेश छन्।

यी हुन् १० खराब एयरलाइन्स 

  • स्काई एक्सप्रेस
  • एयर मरिसस्
  • टेरम्
  • इन्डिगो
  • पेगासस एयरलाइन्स
  • एल अल इसराइल एयरलाइन्स
  • बुल्गारिया एयर
  • नोभालायर
  • बज
  • ट्युनिसएयर

त्यस्तैगरी, उत्कृष्ट १० को सूचीमा सबैभन्दा अगाडि ब्रसेल्स एयरलाइन्स परेको छ। दोस्रो स्थानमा कतार एयरवेज परेको छ।

यी हुन् विश्वका उत्कृष्ट १० एयरलाइन्स

  • ब्रसेल्स एयरलाइन्स
  • कतार एयरवेज
  • युनाइटेड ए‍यरलाइन्स
  • अमेरिकन एयरला‍इन्स
  • प्ले(आइसल्याण्ड)
  • अस्ट्रियन एयरलाइन्स
  • लट पोलिस एयरलाइन्स
  • एयर अरेबिया
  • विद्र
  • एयर सर्बिया