संसद बैठकबाट बहुमतले पारित भयो नीति तथा कार्यक्रम

  • प्रकाशित मिति : May 26, 2024
  • पहिलो किरण

काठमाडौं । संसद बैठकबाट आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गरेपछि छलफल गर्दै बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले निर्णयार्थ सो प्रस्ताव पेश गरेका थिए । सत्तापक्ष दलका सांसदहरुको बहुमत संसदमा भएकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।



बैठकमा सत्ता पक्षका दलका नेताहरु तथा जनमोर्चा र नेमकिपाका सांसदले छलफलमा भाग लिएका थिए । बैठकमा उठेको जिज्ञासामाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिदै बैठकमा उठेको विषयलाई सम्बोधनको प्रयास सरकारले गर्ने प्रतिबद्धता जनाए ।