विश्वासको मत लिदै प्रधानमन्त्री

  • प्रकाशित मिति : May 20, 2024
  • पहिलो किरण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संसद्मा विश्वासको मत लिँदै छन । सरकारले संसद्लाई विश्वासको मत लिने सन्दर्भमा पत्राचार गरेको छ ।

साथै नीति तथा कार्यक्रममाथि छलफल पारित गर्नुपर्ने, जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने भएकाले संसद् सुचारु गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षबिच संवाद अघि बढेको हो । कानुनमन्त्री गिरीले सोमबारको प्रतिनिधि सभा बैठक नियमित हुने बताए ।

उनले भने, “सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलबिच सहकारीको अनियमितता छानबिनका सन्दर्भमा संसदीय समिति गठन गर्ने सहमति भइसकेको छ । त्यसैले सदन नियमित हुन्छ ।”