सुदूरपश्चिम स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कैलाली प्रथम, डडेल्धुरा तृतिय

  • प्रकाशित मिति : March 5, 2024
  • पहिलो किरण

डडेल्धुरा । सुदूरपश्चिम स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कैलाली जिल्ला प्रथम भएको छ । पहाडी जिल्ला डडेल्धुरा तृतिय भएको छ । १४औं सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ३१ स्वर्णसहित कैलालाली उपाधि जितेको छ । धनगढीमा सम्पन्न भएको रनिङ शिल्डमा कञ्चनपुर दितिय र पहाडी जिल्ला डडेल्धुरा तृतिय भएको जिल्ला खेलकुद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर बहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कास्य पदसहित उपाधि उचालेको छ । १९ स्वर्ण, १८ रजत र १५ कास्यसहित कञ्चनपुर द्धितिय भएको छ भने सात स्वर्ण, १० रजत र १६ कास्य पदक जित्दै डडेल्धुरा तृतिय भएको छ । सुदूरपश्चिमका दुई वटै तराईका जिल्ला प्रथम र द्धितिय हुदा पहाडी जिल्ला डडेल्धुरा तृतिय हुन सफल भयो ।



सुदूरपश्चिमका अन्या सात पहाडी जिल्लाहरु मध्ये बैतडी ५ स्वर्ण, २ रजत र १० कास्यसहित चौथो भयो भने २ स्वर्ण, ४ रजत र १३ कास्यसहित बझाङ पाँचौ भयो । छैटौं भएको बाजुराले १ स्वर्ण ६ रजत र १३ कास्य, सातौं भएको अछामले १ स्वर्ण १ रजत र ६ कास्य पदक जित्यो । आठौं भएको दार्चुलाले ४ रजत र ३ कास्य तथा नवौं भएको डोटीले ३ रजत र ८ कास्य हात पा¥यो ।

तुलनात्मक रूपमा कमजोर देखिएका दार्चुला र डोटीले स्वर्ण पदक जित्न सकेनन् । खेलकुद पूर्वाधारका संरचना नहुदा नहुदै पनि डडेल्धुरा तृतिय स्थान ल्याउन सफल भएको उनको भनाई छ ।