डडेल्धुरा । जिल्ला स्तरिय खुल्ल पुरुष भलिबल प्रतियोगितामा अनेरास्ववीयु विजयी भएको छ । डडेल्धुरा जेसीजले आयोजना गरेको प्रतियोगितामा विजयी हुदै अनेरास्ववीयुुले नगद ५१ हजार १११ रुपियाँ हात पार्यो । फाईनलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका टीमलाई पराजित गर्दै अनेरास्ववीयु विजयी भएको हो ।
आयोजक डडेल्धुरा जेसीजको टीमलाई हराउदै अनेरास्ववीयु फाईनलमा पुगेको थियो । यस्तै शसस्त्र प्रहरीको टीमलाई हराउदै फाईनल पुगेको जिल्ला प्रहरी कार्यालयको टीम अनेरास्ववीयु संग स्तब्ध भयो ।
जिप्रकालाई अनेरास्ववीयुले सोझो तीन सेटमा पराजित गर्दै विजयी भएको हो । अनेरास्ववीयुले जिप्रकालाई पहिलो सेटमा २६–२४ दोस्रो सेटमा २५–८ र तेस्रो सेटमा २५–२० अंकमा रोक्दै जित निकालेको थियो ।
द्धितिय भएको जिप्रकाको टीमले नगद २५ हजार १११ रुपियाँ हात पार्यो । शसस्त्र प्रहरीको टीमलाई पराजित गर्दै जिप्रका फाईनल पुगेको थियो । तृतियका लागी आयोजक जेसीज र शसस्त्र प्रहरीको टीम बिच भएको प्रतियोगितामा जेसीजले जित निकाल्यो । तृतिय भएको जेसीजले नगद १५ हजार १११ रुपियाँ सहित सहित ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गर्यो ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका-८ स्थित डडेल्धुरा महुमुखी क्याप्सनको पुरानो छात्रावास रहेको मैदानमा १६ गते देखि खेलाईएको प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको डडेल्धुरा जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले जानकारी दिए ।
उनका अनुसार कात्तिक १२ देखि १८ गते सम्म भलिबल संगै अन्य बिबिध कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह मनाईएको छ । जेसिज सप्ताह अन्तरगत कात्तिक १२ गते उद्घाटन तथा नेपाल रेडक्रम सोसाईटीले संचालनमा ल्याएको ब्लड बैंकमा रक्तदान, १३ म्युजिकल चेयर, घैटो फुटाउने, १४ गते गन्यापधुरामा निःशुल्क आँखा जाँच, औषधी वितरण, १५ गते अमरगढी नगपालिका २ मा निःशुल्क दन्त स्वास्थ्य सल्लाह, उपचार तथा औषधी वितरण र १६ गते देखी १८ सम्म भलिबल प्रतियोगिताको आयोजना गएिको थियो ।