डडेल्धुरा । कात्तिक १६ गते देखि सञ्चालन हुने जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताका लागि आयोजक जेसिज डडेल्धुराले मैदान सम्याउने काम थालेको छ ।
५१ हजार १११ रुपियाँ धनराशिको प्रतियोगिताका लागी जेसिज डडेल्धुराले शसस्त्र प्रहरी बल गुल्म न. ५२ को सहयोगमा ज्यावलको प्रयोग गरि मैदान सम्याएको छ ।
रक्तदान गरि शुभारम्भ भयो जेसिज सप्ताह
अमरगढी नगरपालिका-८ स्थित डडेल्धुरा मेडिकल कलेज भवन निर्माण स्थल (पुरानो हवाई ग्राउण्ड) मा जेसिज वर्ष २०२३ का अध्यक्ष तथा पदाधिकारी, पूर्व अध्यक्ष र एपिएफको सहयोगमा मैदान सम्याउने काम गरिएको हो ।
प्रतियोगिताको द्धितिय पुरस्कार २५ हजार १११ रुपियाँ, तृतिय पुरस्कार १५ हजार १११ रुपियाँ नगदसहित ट्रफि, प्रमाण पत्र राखिएको जेसिज डडेल्धुरा वर्ष २०२३ का अध्यक्ष जेसि भोजराज अवस्थीले जानकारी दिए ।
डडेल्धुरामा भलिबल प्रतियोगिता संगै बिबिध कार्यक्रम गरि जेसिज सप्ताह मनाईने
उनका अनुसार भलिबल टिम दर्ताका लागि दुई हजार ५०० रुपियाँ शुल्क तोकिएको छ । डडेल्धुराको राईनो होटेलमा सम्पर्क राखि टिम दर्ता गर्न सकिने छ ।