विद्यार्थीलाई अललाईन अपराधबारे सचेतीकरण

  • प्रकाशित मिति : February 9, 2023
  • पहिलो किरण

डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुराले विद्यार्थीहरु लाई अनलाईन अपराध बारे सचेतीकरण गरिरहेको छ । नेवि संघले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु लाई अनलाईन अपराध बारे सचेती करण गर्न लागेको हो । बिहिबार जिल्ला सदरमुकामको डडेल्धुरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि अनलाईन अपराधबारे सचेतीकरण कक्षा सञ्चालन गरिएको नेविसंघ डडेल्धुरा सभापती पवन ऐरले बताए । अनलाईन ठगी र सामाजिक सञ्जालमा मानहानी, चरित्रहत्या लगायत विभिन्न प्रकारका अपराधहरु बढ्दै गएकाले विद्यार्थीहरुलाई यसबारे सचेतीकरण कक्षा सञ्चालन गरिएको उनको भनाई छ ।

प्रबिधिको विकास संगै जीवन यापन सजिलो भए संगै अपराध पनि मौलाएकाले नकरात्मक र अपराधिक क्रियाकलापमा सहभागी नबन्न कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस डडेल्धुरा उपसभापती एवं नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मि अवस्थीले बताए । सामाजिक सञ्जाल सबैले चलाउदै आएको उल्लेख गर्दै उनले यसको नियन्त्रण आफुहरु संग नभएकाले ठगी र अपराध बढेको बताए । ह्याकर लगायत ब्ल्याकमेल गरि सामाजिक सञ्जालबाट अपराध बढेको देखिएकाले सचेत रहन उनले विद्यार्थीहरुलाई आग्रह गरे । प्रबिधिको सकरात्मक पक्षलाई अंगाली काम गर्नुपर्ने उनको भनाई थियो ।



लौड्रीका नाममा बैंक खाता, पिन, एएफटी मागेर सामाजिक सञ्जालहरुबाट ठकी धन्दा बढेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक उमाकान्त जोशीले आफ्नो बैंक खाता, पिन, एएफटी कसैलाई पनि नदिन विद्यार्थीहरु लाई आग्रह गरे । आफ्नो मोबाईल र समाजिक सञ्जालको पासपोर्ट साथीहरु संग पनि सेयर नगर्न उनले विद्यार्थीहरु लाई आग्रह गरे । चिनजान नभएकाहरु लाई साथी नबनाउनुहोस, उहाँले भन्नुभयो, चिनजानका नामबाट आउने साथीको आग्रह झुटो पनि हुन सक्छन । पहिचान गेर मात्र साथी बनाउनु होला । सामाजिक सञ्जालमा नकरात्मक टिप्प्णी गरि आरोप लगाउदा, गाली गलौच गर्दा, नराम्रा शब्द प्रयोग गर्दा साईबर क्राईन् अन्तरगत कानूनी कार्वाहीको भागेदार हुनुपर्ने भएकाले त्यसतर्फ सचेत रहन उनले विद्यार्थीहरुलाई आग्रह गरे ।

नयाँ साथी बनाई पासवर्डहरु सेयर हुने । अश्लिल भिडियो बनाई बार्गेनिङ्ग गरि ठगी गर्ने धन्दा मौलाएकाले यसबाट सचेत हुनुपर्ने उनको भनाई थियो ।