डडेल्धुरामा विद्यार्थीलाई अनलाइन अपराधबारे सचेतीकरण गर्दै नेविसंघ

  • प्रकाशित मिति : February 5, 2023
  • पहिलो किरण

काठमाडौं  । विद्यार्थीलाई अनलाइन अपराधबारे सचेतीकरण गर्न थालिएको छ । नेपाल विद्यार्थी संघ डडेल्धुराले स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई अनलाइन अपराधबारे सचेतीकरण गर्न लागेको हो । आइतबार जिल्ला सदरमुकाम डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि अनलाइन अपराधबारे सचेतीकरण कक्षा सञ्चालन गरिएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बता
अनलाइन ठगी र सामाजिक सञ्जालमा मानहानी, चरित्रहत्या लगायत विभिन्न प्रकारका अपराधहरु बढ्दै गएकाले विद्यार्थीहरुलाई यसबारे सचेतीकरण कक्षा सञ्चालन गरिएको उनको भनाई छ । जिल्ला अध्यक्ष ऐरले समाजमा व्याप्त विकृति न्यूनिकरणमा नेपाल विद्यार्थी संघ सक्रिय भएर लागेको बताए ।

प्रविधिको विकाससंगै जीवन यापन सजिलो भएको तर अपराध पनि मौलाएकाले नकरात्मक र अपराधिक क्रियाकलापमा सहभागी नबन्न कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले बताइन् । सामाजिक सञ्जाल सबैले चलाउदै आएको उल्लेख गर्दै उनले यसको नियन्त्रण आफुहरुसंग नभएकाले ठगी र अपराध बढेको बताइन् ।

ह्याकर लगायत ब्ल्याकमेल गरि सामाजिक सञ्जालबाट अपराध बढेको देखिएकाले सचेत रहन उनले विद्यार्थीहरुलाई सचेत गराइन् । चिट्ठाका नाममा बैंक खाता, पिन, एएफटी मागेर सामाजिक सञ्जालहरुबाट ठगी धन्दा बढेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उमाकान्त जोशीले आफ्नो बैंक खाता, पिन, एएफटी कसैलाई पनि नदिन विद्यार्थीलाई आग्रह गरे ।

सामाजिक सञ्जालमा नकरात्मक टिप्प्णी गरि आरोप लगाउँदा, गालीगलौच गर्दा, नराम्रा शब्द प्रयोग गर्दा साईबर क्राइम अन्तरगत कानूनी कार्बाहीको भागेदार हुनुपर्ने भएकाले त्यसतर्फ सचेत रहन उनले विद्यार्थीहरुलाई आग्रह गरे । साथीभाई, आफन्त र बुवा, आमा, छोराछोरीबीच एटिएमका पासवर्डहरु सेयर गरि कारोबार हुने गरेको भन्दै बैंकर्स क्लब डडेल्धुरा अध्यक्ष तिर्थ झुकालले आफन्तबाट चोरी नभए पनि पासवर्ड सेयर हुँदा खराब मानसिकता भएकाहरुले चोरी गर्न सक्ने बताए ।