डडेल्धुरामा हाल सम्मकै उच्च धनराशिकाे भलिबल प्रतियोगिता शरु

  • प्रकाशित मिति : September 22, 2022
  • पहिलो किरण

असोज ६, डडेल्धुरा । डडेल्धुरामा हाल सम्मकै उच्च धनराशि पुरस्कारको खुल्ला पुरुष स्ववियु कप भलिबल प्रतियोगिता शरु भएको छ । चौथो संकरणको ‘स्ववियु कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता’ को बिहिबार एक औपचारिक संगै सांस्कृतिक कार्यक्रमका बिच जिल्ला समन्वय प्रमुख गगन भण्डारीले उद्घाटन गर्नु भएकाे हाे । विजया दशमीको अवसर पारी डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले प्रतियोगिताको आयोजनामा गरेको हो ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पुरुष तर्फको बिजेता टिमलाई एक लाख ५१ हजार, उपबिजेतालाई ७५ हजार र तेस्रो हुने टिमलाई ४० हजार रुपियाँ नगद सहित ट्रफी र मेडल प्रदान गरिने स्ववियु सभापति जगत ऐरले जानकारी दिनु भएकाे हाे ।

प्रतियोगितामा १६ वटा मिटहरु दर्ता भएको सभापती ऐरले जानकारी दिनु भयाे । पुरुष खेलका प्रतिशपर्धा शुक्रबार देखि गराईने छन । उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विधागत तर्फ उत्कृष्ट ६ जनालाई पनि नगदसहित पुरस्कृत गरिने छ । महिलातर्फ बिजेता टिमलाई १० हजार, दोस्रो हुने टिमलाई पाँच हजार र तेस्रोलाई तीन हजार नगद प्रदान गरिनेछ । पुरुष खुल्ला प्रतियोगिता र महिला प्रतियोगिता डडेल्धुरा बहुमुखी क्याम्पसका छात्रा खेलाडीहरु बिच मात्रै प्रतिशपर्धा गरिने स्ववियु सभापती ऐरले जानकारी दिनु भएकाे हाे । सरकारी स्तरबाट राष्ट्रिय खेलसमेत रहेको भलिबलका स्तरीय प्रतियोगिता नभएको अवस्थामा स्ववियुले त्यस्ता प्रतियोगिता आयोजना गर्दै आएको उहाँले बताउनु भयाे ।

प्रतियोगिता आयोजनाका लागि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले १० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो भने प्राविधिक सहयोग डडेल्धुरा भलिबल संघले गर्न लागेको छ । प्रतियोगिता जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–८ स्थित क्याम्पसको खेल मैदानमा सञ्चालन गरिएको छ । प्रतियोगिता भलिबल संघको मापदण्ड अनुसार सञ्चालन हुने जनाईएको छ ।