केन्याद्वारा नेपाललाई २ सय १९ रनकाे लक्ष्य

  • प्रकाशित मिति : September 2, 2022
  • पहिलो किरण

भदौं १७,काठमाडाैं । केन्यासँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपालले दुई सय १९ रनकाे लक्ष्य पाएकाे छ ।

नैराेबीमा टस जितेर पहिले ब्याटिङ गरेकाे केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयाे । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीन/तीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एक/एक विकेट लिए ।

नेपाल र केन्याले तीन खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । केन्यासँग यसअघि भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले तीन–दुईले जितेको थियो ।