प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन पुगेकाे जनसमूह (फोटो फिचर)

  • प्रकाशित मिति : August 21, 2022
  • पहिलो किरण

भाद्र ५, काठमाडौं । ललितपुर, भदौ ५ गते । नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन नेपाल सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेताहरू तथा कार्यकर्ता र शुभचिन्तकहरुकाे भीड लागेको छ । ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा निधन हुनुभएका गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न अस्पताल प्राङ्गणमा राखिएको छ ।




नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्न आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन ।