साउन १६,काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा मंगलबार गृह जिल्ला डडेल्धुरा आउने भएका छन्। डडेल्धुरा अस्पतालमा आयोजना हुने ५ दिने निःशुल्क स्वास्थ्य शिविरको उद्धघाटनका लागि मन्त्री बोहरा आउन लागेका हुन्।
‘सुदूरपश्चिमका सामाजिक विकासमन्त्री ज्यूले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नका लागि सुरुदेखि नै चासो पनि राख्नु भएको थियो,’ डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले भने, ‘उहाँकी प्रमुख आतिथ्यतामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर उद्धघाटन भइरहेको छ।’
डडेल्धुरा अस्पतालको आयोजना, सुषमा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहयोग र ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराको समन्वयमा सुरु हुने निःशुल्क स्वास्थ्य शिविर मंगलबारदेखि २१ गतेसम्म चल्नेछ।