एक गोलो अरिङ्गाल यस्तो; हतार हतारमा भेटियो ॥
लाग्छ; रानो फलानो हो भन्नुपर्ने; प्रचारमा भेटियो ॥
मौका दिलाएको बेला माखोसम्म नमार्ने महासयको
बाघ मारेको हो भन्ने समाचार; अखवारमा भेटियो ॥
बडो गज्जबको ब्यापार चल्यो; नोटसँग भोटको
किन्नेहरु जति सिंहासनमा; बेच्ने कतारमा भेटियो ॥
यहाँ, मदिराको मातमा जब; मोल चल्छ बदनको
अरे यार ! अवलाको अस्मिता; हजारमा भेटियो ॥
बेला बेलामा , शुद्ध बन्न उसले ; सिङ्गार्छ ~ पटार्छ
साफ-साफमा कलंकको टिका; निधारमा भेटियो ॥
बिचरा! के हाल छ होला;आजकाल भट्टीबालीको
दिनरात उसको भट्टीमा भेटिने सरकारमा भेटियो ॥