४ बैशाख २०७९, काठमाडाैं । युक्रेनको मारियुपोल शहर आफूले कब्जा गरेकाे रुसले दावी गरेकाे छ ।
रुसले युक्रेनको मारियुपोल शहर आफ्नो कब्जामा आईसकेको दावी गर्दै त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । आज (आइतबार) सम्म हतियार बिसाउने येक्रेनी सेनालाई जीवनदान दिने रुस सकिने भन्दै रुसले भोलि (साेमबार)देखि उक्त शहरमा नाकाबन्दी लगाउने जनाएको छ । युक्रेन-रुसीबीचकाे युद्ध भएकाे आज (आइतबार) ५३ दिन पूरा भएकाे छ । तर युक्रेन-रुसीबीचकाे युद्ध भने जारी छ ।
उता युक्रेनी राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपाेलमा लडिरहेका युक्रेनी सेनालाई निर्मूल पारेमा रुससँगको शान्ति वार्ता भंग हुने बताएका छन् । जेलेन्स्कीले मारियुपाेलका जनताको अवस्था निकै नाजुक रहेको भन्दै थप हतियार उपलब्ध गराउन सहयोगी राष्ट्रहरुसँग अपील गरेका छन् । त्यस्तै, रुसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन लगायतका बेलायती मन्त्रीहरुलाई रुस प्रवेशमा रोक लगाएको छ ।
प्रधानमन्त्री जोनसोनले युक्रेनको साथ दिएर रुससँग शत्रुता साँधेको भन्दै रुस प्रवेशमा रोक लगाएको रुसले जनाएको छ ।