गायक तथा संगीतकार सानुबाबु घिसिङको सेलो गीत “तोर तोर ल्हाला” म्युजिक भिडियो सार्वजनिक

  • प्रकाशित मिति : December 15, 2021
  • पहिलो किरण

काठमाडौं । पछिल्लो समय तामाङ गीत संगीतमा चर्चा कमाउन सफल गायक तथा संगीतकार सानुबाबु घिसिङको सेलो गीत तोर तोर ल्हाला सार्वजनिक गरिएको छ ।

डोल्मा थिङको शब्द रहेको उक्त गीतमा चर्चित गायक तथा संगीतकार कोसिश थोकर र तामाङ समुदायले रुचाएकी चर्चित गायिका जितु लोप्चनको सुमधुर स्वर रहेको छ ।

गीतमा एरेन्ज र मिक्सिङ सानुबाबु घिसिङले नै गरेका छन् । फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई टि.एस.सी.डिजिटल मिडियाको अफिसियल यूटुबबाट सार्वजनिक गरिएको हो । त्यसैगरी गीतको भिडियोको छायाङ्कनमा सुमन तामाङले गरेका छन् भने निर्देशन तामाङ चलचित्र जगतका महानायक अमिर दोङको रहेको छ । यस्तै ड्रोन क्यामरामा रोनिश तामाङ रहेका छन् ।

हेरुका लामाको कोरियोग्राफी र सन्तोश गोलेको सम्पादन रहेको भिडियोमा अमिर दोङ,सुष्मा मोक्तान,कुईसाङ रुम्बा,अनिता नेगी,पाल्देन लामा,प्रमिला ब्लोन,मिन बहादुर बोम्जन र सबिना तामाङको अभिनय रहेको छ ।

http://https://www.youtube.com/watch?v=mtYLTP5nwWY