६ असोज, काठमाडौं । प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कारबाट जगन्नाथ दुलाल सम्मानित भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई पुरस्कार प्रदान गरेकी छन् ।
प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष सक्रिय पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्दै आएको छ । यो वर्ष काउन्सिलले १० वटा शीर्षकमा पुरस्कारहरू वितरण गरेको हो ।
विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका दुलाल न्यूज २४ मा रिपोटिङ इन्चार्जका रुपमा क्रियाशील छन् ।।